तोसिमाको उम्मेदवारी कायम राख्दै सर्वोच्चले भन्यो- उनले अस्थायी र भइपरी प्रकृतीको रकम मात्र लिएको देखियो – Nepal Press

तोसिमाको उम्मेदवारी कायम राख्दै सर्वोच्चले भन्यो- उनले अस्थायी र भइपरी प्रकृतीको रकम मात्र लिएको देखियो

काठमाडौं । सर्वोच्च अदालतले डां तोसिमा कार्कीले अस्थायी र भइपरी प्रकृतीको रकम मात्र लिएको भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

‘यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८७(१) (ङ) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा १२ (ङ)को प्रयोजनका लागि ’लाभको पदमा बहाल रहेको’ भनी मान्न मिल्ने देखिएन’, इश्वरीप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गरेको आदेशमा उल्लेख छ ।

यसअघि कार्की लाभको पदमा बहाल रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी रद्द गरेको थियो । तर सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर