कमल थापाप्रति लिङ्देनको व्यङ्ग्य- हाम्रो दाइ पनि यतैबाट उठ्नुभएको छ क्यारे ! (भिडिओ) – Nepal Press

कमल थापाप्रति लिङ्देनको व्यङ्ग्य- हाम्रो दाइ पनि यतैबाट उठ्नुभएको छ क्यारे ! (भिडिओ)

हेटौँडा । चुनावी अभियानका क्रममा हेटौँडा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पूर्व अध्यक्ष कमल थापाप्रति कटाक्ष गर्दै यस पटक एक पटक दीपक बहादुर सिंहलाई जिताउन आह्वान गरेका छन् ।

मकवानपुरको पदम पोखरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कमल थापाको नाम नलिई ‘हाम्रो दाइ’ लाई पनि पटक पटक जनताले जिताइसकेकाले अब नयाँलाई मौका दिनुस् भने ।

लिङदेनले भने- हाम्रो एक जना दाइ पनि यतैबाट उठ्नुभएको छ क्यारे होइन रु उहाँ हाम्रो दाइ हो । उहाँलाई पनि तपाईँहरूले पठाएर हेर्नुभएको छ । अब एक पटक दीपक सिंहलाई जिताउनुस् ।

लिङ्देनले मकवानपुरको गाँजा खेतीलाई वैधानिकता दिएर चिकित्सकीय पद्धतिमा लैजानुपर्ने बताए । उनले राप्रपालाई एक पटक मौका दिन जनतालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर