नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः तुलाधर निर्वाचित – Nepal Press

नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः तुलाधर निर्वाचित

काठमाडौं । नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । २३ औं वार्षिक साधारणसभाले तुलाधरलाई अध्यक्षमा पुनर्निर्वाचित गरेको छ । साधारणसभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको निवर्तमान अध्यक्षमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा राजुबाबु श्रेष्ठ तथा उपाध्यक्षद्वयमा महेश्वर श्रेष्ठ र महेश शर्मा ढकाल निर्वाचित भएका छन् । संघको महासचिवमा विवेक पौडेल, कोषाध्यक्षमा विजय मुल्मी, सचिवद्वयमा निरञ्जन तिवारी र रुक्मिणी पौडेल निर्वाचित भएको संघले बताएको छ ।

संघको कार्यसमिति सदस्यहरुमा पासाङ नुर्बु, पशुपतिभक्त श्रेष्ठ, रमेश शेर्पा, शितल शर्मा, स्कन्द अमात्य, सोवित उप्रेती, सिन चेन चेन, यमुना श्रेष्ठ र झाङ शाओई, विजय श्रेष्ठ, विक्रम पाण्डे, ज्ञानेन्द्ररत्न तुलाधर, हेमन्त अग्रवाल, ह्वाङ इर्डोङ, कुमार दाहाल र पवित्र घर्ती मगर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *