यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य – Nepal Press

यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

काठमाडौं । नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेल जित्न यूएईले २६४ रनको लक्ष्य दिएको छ ।

यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन जोडेको हो । यूएईका रोहन मुस्ताफाले सर्वाधिक ५३ रन जोडे । मुहम्मद वासिमले ४४, भ्रित्या अरविन्दले ४० र अलिसान सराफुले २९ रन जोडे । ७५ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले तेस्रो विकेटका लागि ५२ र चौथो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो ।

नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

नेपाल युवा कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि नेपाली क्रिकेट टोलीकाे नयाँ कप्तानको जिम्मेवारी रोहितलाई दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर