विश्वकपअघि मेस्सी, नेमार र एमबाप्पेसहित उत्रिएको पीएसजीको ५ गोल – Nepal Press

विश्वकपअघि मेस्सी, नेमार र एमबाप्पेसहित उत्रिएको पीएसजीको ५ गोल

पेरिस । कतार विश्वकपअघि खेलेको आफ्नो अन्तिम लिग खेलमा पीएसजीले आइतबार अजुरीलाई ५-० गोलले हराएको छ । घरेलु मैदानमा पीएसजीका एमबाप्पे, हाकिमी, रेनाटो सान्चेज, कार्लोस सोलर र ह्युगो एकिटिकीले गोल गरे ।

मेस्सी र नेमार दुवैले अन्तिम १५ मिनेट भने खेलेनन् । एमबाप्पेले ११ औँ मिनेटमा गोल गरेको खेलमा पीएसजीले मध्यान्तरपछि ४ गोल गरेको थियो । यो सिजन लिग वानमा एमबाप्पेले सर्वाधिक १२ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका नेमारको नाममा ११ गोल छ ।

मेस्सीले ७ गोल गरेका छन् । अंक तालिकामा पीएसजी १५ खेलबाट ४१ अंक जोड्दै दोस्रो स्थानको टोलीभन्दा ५ अंकले अगाडि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर