आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले जनाए प्रतिवद्धता – Nepal Press

आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले जनाए प्रतिवद्धता

काठमाडौं । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।

आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक साक्षात्कारमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृष्ण कोइरालाले जिल्लामा आचारसंहिताका उजुरी खासै ठूला नआएको र सामान्य किसिमका आएकाले दलहरुलाई बोलाएर संवादका मार्फत सुल्झाएको बताए ।

उनले पहिले हुने निर्वाचनमा लागू भएका आचारसंहिताका बुँदाहरुलाई दलहरुले कार्यान्वयन गरेको तर नयाँ थप भएका केही बुँदाहरुलाई पालना नगरेको पाईएपछि दलका प्रमुखहरुलाई ध्यानाकर्षण गराएको जनाए ।

त्यस्तै, कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचनलाई भयरहित बनाउनका लागि जिल्लामा चारै तहका सुरक्षा निकायहरुलाई सतर्क बनाएको उल्लेख गरे । आगामी निर्वाचनलाई बहिष्कार गर्न घोषणा गरेका दलहरुको प्रभाव जिल्लामा शुन्य पार्ने भएकाले ढुक्क भएर मतदान गर्न उनले आह्वान गरे ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले रुपन्देहीमा १ हजार ७ सय जनपथ प्रहरी, सशस्त्र प्रहरी ८८८, म्यादी प्रहरी एक हजार ३९५, ८ हजारभन्दा बढी कर्मचारी र सेनालाई आवश्यकता अनुसार प्रयोग गरिने जानकारी दिए । जिल्लामा २१३ मतदान स्थल, ७०६ बुथ केन्द्र तोकिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर