मुख्यमन्त्रीका सल्लाहकारले आक्रमण गर्न खोजेको भन्दै उम्मेदवारद्वारा जीवन रक्षाको माग – Nepal Press

मुख्यमन्त्रीका सल्लाहकारले आक्रमण गर्न खोजेको भन्दै उम्मेदवारद्वारा जीवन रक्षाको माग

भद्र पराजुली भन्छन्- 'निराधार आरोप, रक्सी खाएर उल्टै मलाई तथानाम गरे'

भोजपुर । भोजपुरबाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार दीलिपकुमार खतिवडाले आफूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका सल्लाहकार भद्र पराजुलीले आक्रमणको प्रयास गरेको बताएका छन् । राई भोजपुर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट चुनावी मैदानमा छन् ।

शनिबार साँझ दोभानेमा घरदैलो सकेर दिङ्लामा पूर्वमेयर वीरबल राईहरूसँग खाना खाइरहेको बेला पराजुलीले आफूमाथि आक्रमण गर्न खोजेको खतिवडाको आरोप छ ।

‘जनतासँगको घरदैलो सकी दिङ्ला बजारको एवान होटलमा पूर्वमेयर वीरबल राईसमेतसँग खाना खाइरहेको अवस्थामा बहालवाला मुख्यमन्त्री राजेन्द्र राईको सल्लाहकार भद्र पराजुलीसमेतले म प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको हुँदा अब यो देशमा सुरक्षित हुने अवस्था नरहेकाले आम जनतासँग मेरो जीवन रक्षाको लागि अनुरोध गर्दछु’, खतिवडाले फेसबुकमा लेखेका छन् ।

पराजुलीले भने शनिबार होटलमा भेट भएको तर आफूले कुटपिट नगरेको बताए । उनले भने, कांग्रेसका केही नेताहरूले मलाई बोलाउनुभएको थियो । माछाको उम्मेदवार त्यहीँ हुनुदो रहेछ । झोले ठग भनेर मलाई तथानाम गर्नुभो । उहाँ मेरो नाताकै मान्छे हो । म बाहिर निस्केँ । अरुले हतेरेर माथिबाट लानुभो ।’

खतिवडा रक्सीले मातेर बसेको भन्दै मान गरिरहँदा उल्टै आफूमाथि दुर्व्यवहार गरेको पराजुलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर