फाइनलमा पाकिस्तानविरुद्ध साम करनको उत्कृष्ट बलिङ – Nepal Press

फाइनलमा पाकिस्तानविरुद्ध साम करनको उत्कृष्ट बलिङ

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको फाइनलमा इङ्ल्यान्डका बलर साम करनले शानदार बलिङ गरेका छन् । उनले चार ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए ।

करनको शानदार बलिङपछि पाकिस्तानले निर्धारित २० ओभरमा १३७ रन जोड्न सक्यो । तेस्रो ओभरमा बलिङ गर्न आएका करनले त्यस ओभरमा ४ रन दिएका थिए । पाँचौँ ओभरमा उनले पाकिस्तानको पहिलो विकेटका रुपमा शानदार लयमा रहेका मुहम्मद रिजवानलाई आउट गरे ।

त्यो ओभरमा उनले एक रन मात्र दिएका थिए। पाकिस्तानले १६ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको अवस्थामा करन बलिङमा फेरी आएका थिए । उनले पालीको १७ औँ ओभरमा तीन रन दिए भने शान मसुदलाई आउट गरे। १८ औँ औभरमा पाकिस्तानले ५ रन जोड्यो भने एक विकेट गुमायो । १९ औँ ओभरमा बलिङमा आएका करनले त्यस ओभरमा चार रन दिएर एक विकेट लिए ।

टी–२० विश्वकपको फाइनलमा किफायती बलिङ गर्ने कीर्तिमान श्रीलंकाका एन्जेलो म्याथ्युजको नाममा छ । म्याथ्युजले सन् २०१२ चार ओभरमा एक विकेट लिएर ११ रन मात्र दिएका थिए । त्यही फाइनलमा श्रीलंकाका अजन्था मेन्डिसले चार ओभरमा १२ रन खर्चिएर ४ विकेट हात पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर