मङ्सिर ४ ले असाधारण महत्त्वको फैसला गर्नेछ : ओली – Nepal Press

मङ्सिर ४ ले असाधारण महत्त्वको फैसला गर्नेछ : ओली

सुर्खेत । आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनले देशलाई असाधारण महत्त्वको फैसला गर्दै देशलाई अस्थिर बनाएर बरबादीतर्फ धकेल्नेहरूको फैसला गर्ने बताएका छन् ।

कालिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सधैँ आइरहने निर्वाचन जस्तो नहुने बताएका छन् ।

‘यो निर्वाचन सधैँ आइरहने निर्वाचन जस्तो होइन, यस निर्वाचनले असाधारण महत्त्वको फैसला गर्नुपर्ने छ,’ अध्यक्ष ओलीले भने ‘यति बेला हाम्रो देश कता जाने यस मङ्सिर ४ गतेले फैसला गर्ने छ, मङ्सिर ४ ले यस देशको राष्ट्रियता, यस देशको स्वाधीनता, यस देशको स्वतन्त्रता, यस देशको भौगोलिक अखण्डता र यस देशको राष्ट्रिय हितको रक्षा र सम्बर्द्धन सँगसँगै देशको गौरव र स्वाभिनमाथि उठाउने कि देशलाई पराधीनता तर्फ देशलाई लाने यो फैसला मङ्सिर ४ ले गर्छ ।’

सत्ता गठबन्धनलाई इङ्गित गर्दै अध्यक्ष ओलीले फुटेका हाँडीका कप्टेरा जस्तो जोडेर सरकार बनाए झैँ गर्ने र देशलाई बरबाद पार्न कठपुतली सरकारका नाममा घुणा टेकुवा नेतृत्व बनाएर देश बरबाद पार्ने तत्त्वको फैसला यस निर्वाचनले गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर