पर्वतमा ६ हजारभन्दा धेरै मतान्तरले चुनाव जित्छौँ : उम्मेदवार गिरी – Nepal Press

पर्वतमा ६ हजारभन्दा धेरै मतान्तरले चुनाव जित्छौँ : उम्मेदवार गिरी

काठमाडौं । पर्वतबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पदम गिरीले ६ हजार मतान्तरले चुनाव आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।

एमाले पर्वत—काठमाडौं सम्पर्क मञ्चको चुनाव केन्द्रित छलफलमा बोल्ने उनले यस्तो दाबी गरेका हुन् ।

भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले पर्वतका मतदातामा एमाले पार्टी र नेतृत्वले मात्रै देश र जनताका लागि काम गर्ने विश्वास रहेको बताए ।

उनले भने, ‘हामीले २०७४ मा चुनाव जितेपछि गरेका काम, एमालेले अगाडि सारेको योजनाका कारण पर्वतका मतदाताले एमालेका उम्मेदवारलाई फेरि चुनाव जिताउनुपर्छ भनिरहनु भएको छ ।’

पर्वतमा एमालेबाट प्रतिनिधिसभामा गिरी, प्रदेशसभा १ मा भक्त कुँवर तथा प्रदेश सभा २ मा मित्रलाल बस्याल उम्मेदवार छन् ।

गिरीले देशका विभिन्न स्थान र अनुकूल मिलेसम्म विदेशमा रहनुहुने मतदातालाई मंसिर ४ गते आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

काठमाडौंबाट आउने मतदातालाई जिल्लासम्म ल्याउन आवश्यक सहजीकरण तथा समन्वय गर्न सम्पर्क मञ्चलाई उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेतले चुनावमा एमालेका उम्मेदवारलाई विजयी गराउन दिनरात खट्न आग्रह गरे ।

मञ्चका अध्यक्ष शिव पौडेलले एमाले उम्मेदवारलाई विजयी गराउन मञ्चले निरन्तर जिल्ला र काठमाडौंमा काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर