जनताले देखाएको समर्थनले उत्साहित छु : विष्णु पौडेल (भिडिओ) – Nepal Press

जनताले देखाएको समर्थनले उत्साहित छु : विष्णु पौडेल (भिडिओ)

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका छन् ।

रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले शनिवार घरदैलो गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पहिलेको भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका हुन् ।

पौडेलले घरदैलो गर्ने क्रममा जनताले आफूहरूलाई देखाएको उत्साहपूर्ण सहभागिता, माया र आर्शीवादले पनि आफूले जित्ने कुरामा दुई मत नभएको बताए । उनले विगतका निर्वाचनको तुलनामा भन्दा यस पटकको निर्वाचनमा जनताले देखाएको समर्थनले आफू उत्साहित बनेको प्रतिक्रिया दिए । पौडेलले रुपन्देहीलाई विकासको हिसाबले देशकै नमुना जिल्ला बनाउन आफू लाग्ने बताए ।

उपाध्यक्ष पौडेलले रुपन्देहीलाई हरेक दृष्टिकोणले सम्पन्न गर्ने कुरामा आफू लागी पर्ने बताउँदै सबै मतदाताहरूलाई एमालेलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर