क्युआर कोडबाट भुक्तानी गरेर सुनचाँदीको असर्फी किन्न पाइने
नेपाल प्रेस
२०७९ कार्तिक २४ गते ११:३९
काठमाडौं । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ ।
कात्तिक २३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियन/स्मारिका सिक्का खरिद गर्दा क्युआरबाट भुक्तानी गर्न सकिने मुद्रा व्यवस्थापन विभागले जनाएको हो ।
यस्तै १ र २ रुपैयाँका सिक्का खरिद गर्दा पनि क्युआरमार्फत भुक्तानी गर्न सकिनेछ । यसअघि नगद नै लगेर ग्राहकले खरिद गर्दै आएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर