भुटानलाई हराउँदै नेपाल साफ महिला यू-१५ च्याम्पियनसिपको शीर्ष स्थानमा – Nepal Press

भुटानलाई हराउँदै नेपाल साफ महिला यू-१५ च्याम्पियनसिपको शीर्ष स्थानमा

काठमाडौं। भुटानलाई १-० गोलले हराउँदै नेपाल जारी साफ महिला यू-१५ च्याम्पियनसिप फुटबलको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

बुधवार भएको खेलमा नेपालले भुटानलाई १-० गोलले हरायो। नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन्।

४९ औँ मिनेटमा सेनुले गरेको गोलमा नेपालले तीन अंक प्राप्त गरेको हो। तीन टोली मात्र सहभागी प्रतियोगितामा नेपालले तीन खेलबाट ९ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको बंगलादेशको ३ खेलबाट ६ अंक छ।

नेपालले अब राउन्ड रोबिनको अन्तिम खेलमा शुक्रवार बंगलादेशसँग खेल्ने छ।

तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर