सत्ता गठबन्धनका उम्मेदवार दाहाल भन्छन्- सुकुम्बासीको नाममा राजनिति गर्दिनँ – Nepal Press

सत्ता गठबन्धनका उम्मेदवार दाहाल भन्छन्- सुकुम्बासीको नाममा राजनिति गर्दिनँ

चितवन । चितवन क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार घनश्याम दाहाल (अविनाश) ले सुकुम्बासीको नाममा राजनीति नगर्ने बताएका छन् ।

ईच्छाकामना गाउँपालिका ७ पिपलटारमा घरदैलो गर्दै उनले निर्वाचनलगत्तै सुकुम्बासीलाई आवश्यक परेको समस्याको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

युवा र महिलाका लागि विशेष योजना ल्याउने उल्लेख गर्दै दाहालले युवाले जेष्ठ नागरिक र बच्चाको संरक्षण गर्ने र महिलाले परिवारमा सहि संस्कार दिने बताए ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका उनले जनजीविका सुधारका लागि पनि आफूहरू निर्वाचित हुनुपर्ने बताए। उम्मेदवारको तुलना गरेर मात्रै मतदान गर्न मतदातालाई उनले आग्रह गरे।

केन्द्रीयदेखि स्थानीय तहसम्म गठबन्धनकै सरकार रहेकोले आफूहरूले नै विकास योजना एवं निति निर्माण गर्ने उनको भनाइ छ। जनताको चाहनाअनुसार काम गर्न आफू निर्वाचनमा आएको उनले बताए । कसैको पछि नलाग्न आग्रह गर्दै दाहालले विचारको पछि लाग्न अनुरोध गरे ।

साथै उनले प्रदेश सरकारबाट यस निर्वाचन क्षेत्रमा आफ्नो पहलमा सडक खानेपानीलगायतका विकासका कामहरु सम्पन्न भएको र हुने क्रम जारी रहेको बताए । कतिपय उम्मेदवारले आफ्नो पहल र सक्रियतामा भएका विकासका कामहरु आफूले गरेको भन्दै प्रचार गर्दै जनतालाई भ्रम सिर्जना गर्ने काम गरेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर