नेपालको अर्थतन्त्र अस्थिर रहेको आइएमएफको निष्कर्ष – Nepal Press

नेपालको अर्थतन्त्र अस्थिर रहेको आइएमएफको निष्कर्ष

काठमाडौं । अहिले विश्व ब्याजदर वृद्धि र महंगीको दबाबमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले सबै देशको चासो र चिन्ताको विषय महंगी बनेको बताएकी छन् ।

अमेरीका लगायतका देशमा महंगी आक्रामक तरिकाले उच्च हुँदै गएको र अझै बढ्न सक्ने अनुमान गरिएको छ । कोभिडपछिको अपुर्ण रिकभरीले अधिकांश देश थप महंगीको मारमा पर्न सक्ने बताइएको छ । विश्वव्यापी वित्तीय अवस्था कडा हुँदै जानु, युक्रेन युद्धको नकारात्मक प्रभाव र अधिकांश वस्तुको भाउ बढ्दै जाँदा विश्व अर्थतन्त्र थप अनिश्चिततातर्फ धकेलिएको सान्चेजले बताइन् ।

कम आय भएका देशमा पनि मुल्य वृद्धि हुन सुरु भइसकेको र अझ बढ्न सक्ने उनले बताइन् । छिमेकी देशमा जस्तै नेपालमा पनि अर्थतन्त्रमा अनिश्चितता कायमै रहेको आइएमएफले भनेको छ ।

यसका लागि आर्थिक नीतिमा बृहत सुधारको आवश्यकता औल्याएको छ । बाह्य पक्षको झड्का नेपाललाई पर्ने भनिएको छ । चीन तथा व्यापारिक साझेदारले गरेको निर्यात प्रतिबन्ध र नेपालको आफ्नै आन्तरिक प्राकृतिक प्रकोप र जलवायु सम्बन्धी प्रकोपका कारण जोखिम उत्पन्न हुनसक्ने आंकलन छ ।

यद्यपी आर्थिक वर्ष २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत र मध्यावधिपछि ५.३ प्रतिशत हुने प्रक्षेपण आइएमएफले गरेको छ । यो वर्ष नेपालको चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ६.३ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *