आठ दिनको अन्तरालमा सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली – Nepal Press

आठ दिनको अन्तरालमा सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली

कैलाली । राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न एक साता अघि सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी चुनावी सभा सम्बोधन गर्न सुदूरपश्चिम आउने भएका छन् ।

आगामी शनिबार अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार २६ गते डोटीको दिपायल, सोही दिन गोदावरीको अत्तरिया र लम्की चुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् ।

बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेर २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ । यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्नेछन् ।

यस अघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए । भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचार प्रसारमा पनि सुदूरपश्चिमबाटै राष्ट्रियताको विषयलाई बुलन्द गरिरहेका छन् ।

 

प्रतिक्रिया

One thought on “आठ दिनको अन्तरालमा सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर