भक्तपुर-२ मा घरदैलो : के भन्छन् महेश र दुर्लभ ? (भिडिओ) – Nepal Press

भक्तपुर-२ मा घरदैलो : के भन्छन् महेश र दुर्लभ ? (भिडिओ)

काठमाडौं । भक्तपुरमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घरघरमा पुगिरहेका छन् ।

भक्तपुरको क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेसका उम्मेदवार थापाले मतदाताको आधारभूत आवश्यकता पुरा गर्ने गरी काम गर्ने बताए । अझै पनि संविधानले ग्यारेन्टी गरेका अधिकारहरू स्थापित हुन नसकेको भन्दै उनले आफ्नो ध्यान संविधानको कार्यान्वयन सँगै जनताको अधिकार पूर्ण गर्नेमा केन्द्रित हुने धारणा राखे । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको धेरै वर्ष भएपनि जनताले महसुस गर्न नसकेको बताए ।

त्यस्तै एमालेका उम्मेदवार बस्नेतले पाँच वर्ष अगाडी जनताले आफूहरूलाई शंकाको दृष्टिले हेरेपनि अहिले पनि सबै शंका हटिसकेको दाबी गरे ।

विगतमा एमालेले भनेको भन्दा धेरै काम गरेर देखाएको र आगामी दिनमा बाँकी कामहरूलाई पुरा गर्ने उनले बताए ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मतान्तरले विजयी भएका थिए ।

कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो ।

यसपटक सता गठबन्धनले भक्तपुरमा सिट बाँडफाँटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो । क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको छ ।

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल, सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर