एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनकाे मूल्य
नेपाल प्रेस
२०७९ कार्तिक २३ गते ११:५६
काठमाडौं । बुधबार सुनको मूल्य तोलामै १ हजार ४ सय रुपैयाँ महंगो भएको छ । आज सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो । तेजावी सुन भने प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार २ सय ६५ रुपैयाँ थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर