एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन– एस् इग्नाइट – Nepal Press

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन– एस् इग्नाइट

काठमाडौं । एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन ‘एस् इग्नाइट’ आयोजना गर्ने भएको छ ।

कार्तिक २४ गतेदेखि २६ गतेसम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ ।

ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागीहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ ।

ह्याकथनको बारेमा बोल्दै प्रज्वल श्रेष्ठले भने, ‘एस् इग्नाइट नवीनतम आविष्कारहरु गर्न सक्ने क्षमता भएका नेपाली युवाहरुको लागि एउटा इको सिस्टम सिर्जना गर्ने प्रयास हो । यस ह्याकथनमार्फत हामीले वास्तविक संसारका समस्यासंग लड्ने र नेपालमै अवसरहरूको पहिचान गर्ने एउटा प्ल्याट्फर्म पनि प्रदान गर्न खोजेका छौँ । प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकी नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास पनि हामीले युवाहरूमा प्रदान गर्न खोजेका छौँ ।’

एस् इग्नाइट आइटि, व्यवस्थापन, इन्जिनियरिङ्ग डिजाइनिङ जस्ता विविध शैक्षिक पृष्ठभूमिका व्यक्तिहरू र उनीहरूको आविष्कारमा केन्द्रित ४८ घन्टे ह्याकाथन हो । यसले एक इकोसिस्टमको परिकल्पना गर्दछ जसले युवाहरूलाई उनीहरूको विचारहरूलाई वास्तविक संसारमा रूपान्तरण गर्नको लागि सहकार्य गर्दै काम गर्न प्रेरित गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *