कोका-कोलाको फिफा वल्र्डकप क्याम्पेन ‘ड्रिन्क-बिलिभ- विन’ शुरु – Nepal Press

कोका-कोलाको फिफा वल्र्डकप क्याम्पेन ‘ड्रिन्क-बिलिभ- विन’ शुरु

काठमाडौं। फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ ।

‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् ।

यस क्याम्पेनमा सहभागि हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वल्र्डकप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । त्यस्तै कोक (स्पेस) ९लेबल पछाडिको नम्बर० (स्पेस) (आफ्नो नाम) टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ ।

कातिक १५ बाट शुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसको बारेमा विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइटमा गएर हेर्न सकिनेछ ।

पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २।२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *