सरकारले सहमति कार्यान्वयन नगर्दा विप्लव समूहले निर्वाचन बिथोल्न लाग्यो : कमल थापा – Nepal Press

सरकारले सहमति कार्यान्वयन नगर्दा विप्लव समूहले निर्वाचन बिथोल्न लाग्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको सहमति पालना गर्न सरकारलाई आग्रह गरेका छन्।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सम्झौता गठबन्धन सरकारले कार्यान्वयन नगरेको आरोप लगाए।

उनले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन केपी ओली सरकारले विप्लव नेतृत्वको माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको थियो। तर,सरकारसँग भएको सम्झौता गठबन्धन सरकारले कार्यान्वयन नगर्दा सो दल निर्वाचन बिथोल्ने कार्यमा क्रियाशील भएको छ।’

उनले विप्लव नेतृत्वसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरी निर्वाचन भयरहित बनाउन सरकारलाई आग्रह गरेका छन्।

अध्यक्ष थापा एमालेको सूर्य चिन्ह लिएर मकवानपुर १ बाट उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर