चुनावले तातिएको पार्टीको झण्डा र लोगोको व्यापार (तस्बिर/भिडिओ) – Nepal Press

चुनावले तातिएको पार्टीको झण्डा र लोगोको व्यापार (तस्बिर/भिडिओ)

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि पार्टीका झण्डा, चुनाव चिन्ह अंकित लोगो छाप्न व्यापारीहरुलाई भ्याई नभ्याई भएको छ।

चुनावको माहोल गर्माएदेखि नेता–कार्यकर्ताजस्तै बागबजारका झण्डा बनाउने व्यापारीलाई पनि भ्याई–नभ्याई छ । विभिन्न राजनीतिक दलको चुनाव चिन्ह अंकित झण्डा बनाउन व्यस्त छन् बागबजारका व्यापारी नरेश चौधरी।

निर्वाचन आयोगको आचारसंहिता लागू हुनुअघि उनी झन् बेफुर्सदी थिए । पछिल्ला दिनमा भने काम अलि खुकुलो भएको थियो ।

उनी भन्छन्, ‘चुनाव आएपछि अहिले ठिकै–ठिकैजस्तो व्यस्त छु । योभन्दा अगाडि अलि बढी प्रेसर थियो । बीचमा निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेपछि काम घट्यो । अहिले फेरि माग बढ्न थालेको छ ।’

विगतमा चुनाव आउने बेलामा आर्टिस्टहरुका लागि दशैजस्तो माहोल हुन्थ्यो । पद्मकन्या क्याम्पसका भित्ताहरु कतै खाली हुन्थेनन् । यत्रतत्र ब्यानरले ढाक्थ्यो । ठुलाठुला ब्यानरहरु लेखिन्थे । हजारौ कलाकारहरुले काम पाउँथे । अहिले निर्वाचन आयोगले कडाइ गरेसँगै व्यवसाय खुम्चिदै–खुम्चिदै गइरहेको छ ।

पहिलाको तुलना अहिले झण्डा बनाउने धेरै नै घटेको व्यापारीहरुको बुझाइ छ ।

हालसालै मात्र आयोगले १२/१८ भन्दा माथिको झण्डा बनाउन नपाउने र सार्वजनिक स्थानमा राख्न नपाउने नियम बनाएको छ । यसले पनि माग घटेको हो । पाँच वर्षअघि प्रतिनिभिसभाको चुनावमा जुन उत्साह थियो । अहिले त्यो उत्साह नभएको व्यवसायीहरु बताउँछन् ।

सबैभन्दा बढी लौरो चिन्ह्रको झण्डा बनाउन अर्डर आएको चौधरीले बताए । ‘पहिलेको चुनावमा धेरै व्यापार थियो । अहिले त छैन । ’ उनले गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर