मणि थापाको आरोपः प्यूठानको दीर्घकालीन विकासमा मसाल बाधक – Nepal Press

मणि थापाको आरोपः प्यूठानको दीर्घकालीन विकासमा मसाल बाधक

प्यूठान । प्यूठानको समग्र विकासमा नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा बाधक बनिरहेको आरोप नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मणिचन्द्र थापाले लगाएका छन् ।

भरोसा गरेर जिल्लाबासीले जिताएर पठाएका जनप्रतिनिधि र उनीहरुको पार्टी कमजोर हुँदा प्यूठानको विकास सोँचेअनुसार हुन नसकेको उनको ठम्माई छ ।

स्वर्गद्धारी नगरपालिकामा आयोजना गरिएको नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै प्रमुख थापाले नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्यि जनमोर्चाको नेतृत्वलाई जनप्रतिनिधि चुनेर पठाएमा जिल्ला फेरी पछाडि पर्ने तर्क छ ।

जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको पार्टी राष्ट्रिय जनमोर्चाले विकास र समृद्धिको कुरा गर्नुको साटो जहिल्यै विरोध र भण्डाफोरको मात्र नारा सुनाइरहँदा नागरिक हैरानी भएको उनको भनाई छ ।

‘चुनावको बेला जनताले सही पार्टी र नेतृत्व छान्नुपर्छ’,थापाले भने,‘ठोस समयमा ठोस निर्णय गर्न सकेनौँ भने त्यसको दुरगामी असर भावी पुस्तामा पर्छ ।’ थापाले राष्ट्रिय स्तरको पार्टी र पहुँच राख्नसक्ने नेतृत्वलाई जनप्रतिनिधि बनाएर पठाएमात्र जिल्लाको विकासमा पहल गर्न सहज हुने बताए ।

पूर्व खानेपानी मन्त्री समेत रहेका थापाले आफू जनप्रतिनिधि नभएपनि प्यूठानको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरे । आफू मन्त्री र प्रतिनिधिसभा सदस्य सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदा जिल्लाको विकासमा करोडौँ बजेट पठाएको थापाले स्वर्गद्धारीबासीलाई सुनाए ।

तर, जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले आफूसँग कहिल्यै पनि यहाँको विकासका बारेमा चासो र चिन्ता नगरेको उनले अनुभव सुनाए ।
उनले दिगो विकासका लागि स्थायी सरकार र बलियो पार्टी हुनुपर्ने बताए ।

देशमा धेरै टुक्रे पार्टी आवश्यक नभएको धारणा राख्दै थापाले एउटा कम्युनिष्ट र अर्को नेपाली कांग्रेस पार्टी मात्र जनताले चाहेको र अहिलेको अवस्थाले पनि त्यो चित्र देखाइरहेको बताए । अब कम्युनिस्ट पार्टीको नेतृत्व एमालेले गर्छ र अन्य दलको नेतृत्व कांग्रेसले गर्नेछ,यो चुनावपछि त्यो अवस्था आउनेछ, थापाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर