आत्महत्या प्रयासबारे प्रकाश दुतराजको स्पष्टीकरण- ‘केही छिन् हराउनु म मर्नु हैन’ – Nepal Press

आत्महत्या प्रयासबारे प्रकाश दुतराजको स्पष्टीकरण- ‘केही छिन् हराउनु म मर्नु हैन’

काठमाडौं । गायक प्रकाश दुतराजले आफूले आत्महत्या प्रयास गरेको समाचारको खण्डन गरेका छन् । सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको र गायिका भूमिका गिरी लगायतको सहयोगमा उनको उद्दार गरिएको स्रोतको दाबी छ।

यस सन्र्दभमा प्रकाशले भने एकान्त कोठामा बस्ने , घण्टौसम्म हराउने आफ्नो पुरानो स्वभाव रहेको हराउनुको अर्थ मर्नु नहुने बताउँदै समाचारको खण्डन गरेका हुन् ।

सामाजिक संजाल फेसबुकमार्फत दुतराजले यस्तो स्पष्टीकरण दिएका हुन् । ‘कहिले काहि हराई दिन्छु , यसै यसै । ।
कहिले हरियाली पाखा पखेरि , उकाली -ओराली चौतारी अनि देउरालीहरु सँगै, कहि उजाड बगर , मरुभूमिहरु सँगै बालुवा झैं उडिदिन्छु । ।
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाई दिन्छन् कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु । ।
हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता ।यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु ।
धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे ।म केहि छिन हराउँनु म मर्नु हैन नि ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *