अर्जेन्टिनाको च्याम्पियन्स ट्रफी फाइनलमा १० जनालाई रातो कार्ड, बोका जुनियर्समा ६ खेलाडी मात्र बाँकी – Nepal Press

अर्जेन्टिनाको च्याम्पियन्स ट्रफी फाइनलमा १० जनालाई रातो कार्ड, बोका जुनियर्समा ६ खेलाडी मात्र बाँकी

ब्युनोस आयर्स । अर्जेन्टिनाको चर्चित क्लब प्रतियोगिता च्याम्पियन्स ट्रफीको फाइनलमा १० जनालाई रातो कार्ड देखाइएको छ । बोका जुनियर्स र रेसिंग क्लब फाइनलमा भिडेका थिए । रातो कार्डका कारण बोका जुनियर्समा ६ जना खेलाडी मात्र बाँकी भएपछि निर्धारित समयभन्दा अघि नै खेल सकिएको छ ।

खेलका क्रममा बोका जुनियर्सका खेलिरहेका ५ र बेन्चमा रहेका २ जनालाई रातो कार्ड देखाइएको थियो । टिममा सात खेलाडीभन्दा कम भएपछि खेल टुंगिने नियमका कारण निर्धारित समयअघि नै सकिएको थियो । यो खेल रेसिंगले २(१ ले जित्यो । यो सिजन अर्जेन्टिनाको शीर्ष डिभिजन लिगमा बोका जुनियर्स विजेता र रेसिंग उपविजेता बनेका थिए ।

खेलको एक सय १८ औं मिनेटमा रेसिंगका कार्लोस अल्कारेजले टोलीको दोसं्रो गोल गरेपछि विवाद सुरु भएको थियो। अल्कारेजेले गोल गरेर बोका जुनियर्सका समर्थकसामु खुसियाली मनाएपछि बोका जुनियर्सका खेलाडीले उनलाई घेरेर कान तानेका थिए भने बलले पनि प्रहार गरेका थिए । यो खेलका रेफ्री फाकुन्डो टेल्लो थिए जो आगामी विश्वकपका पनि रेफ्री रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर