पूर्वमन्त्री पाण्डेले छाडिन् लोसपा, एमाले नेतृत्वको गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा – Nepal Press

पूर्वमन्त्री पाण्डेले छाडिन् लोसपा, एमाले नेतृत्वको गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा

रूपन्देही । लुम्बिनी प्रदेशका पूर्वमन्त्री कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेकी छन् ।
प्रदेश सरकारमा यसअघि उद्योग, वन तथा वातावरण मन्त्री रहेकी पाण्डेले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै लोसपा पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएका कारण परित्याग गरेको बताइन् । उनी सो पार्टीले पेस गरेको समानुपातिक सूचिको तेस्रो नम्बरमा सिफारिस रहेकी थिइन् ।

लोसपा छाडेकी पाण्डेले कुनै पार्टी प्रवेश नगरेपनि एमाले, राप्रपा तथा जसपा तालमेलका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेकी छन् ।

उनले राप्रपाका वरिष्ठ नेता तथा रूपन्देही ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक बोहरा, जसपाका नेता तथा प्रदेश सभा सदस्यका ३ (१) का उम्मेदवार महेन्द्र यादव र नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य ३ (२) का उम्मेदवार तुल्सी चौधरीलाई समर्थन गर्ने उनले बताइन् ।

२०७२ सालदेखि राजपा, जसपा र हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सकृय उनी जिविएस रोगबाट पीडित हुंदा पार्टीले कारबाही गरेको सांसद पद खारेज भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । पाण्डेले तीन दलीय उम्मेदवारलाई जिताउन आफू लाग्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर