चुनाव नजिकिँदै गर्दा बैकंको निक्षेपमा सुधार – Nepal Press

चुनाव नजिकिँदै गर्दा बैकंको निक्षेपमा सुधार

काठमाडौं । एक सातामा वाणिज्य बैंकमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थपिएको छ । कात्तिक ११ गते ४५ खर्ब २४ अर्ब कुल निक्षेप वाणिज्य बैंकहरुमा रहेकोमा १८ गते आउँदा निक्षेप बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

चुनावी गतिविधिका कारण बैंकमा निक्षेप आएको आंकलन गरिएको छ । यता बैंकहरुको कर्जा प्रवाह भने १ अर्ब २५ करोड रुपैयाँले घटेको छ ।

कात्तिक ११ गतेसम्म ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह भएकोमा कात्तिक १८ गते आइपुग्दा ४२ खर्ब २४ अर्ब रहेको छ । निक्षेप संकलन बढे पनि थप कर्जा प्रवाह भएको छैन जसले गर्दा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) एक सातामा ०.०२ प्रतिशतले घटेको नेपाल बैकर्स संघले जनाएको छ ।

कात्तिक १८ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२१ प्रतिशत कायम छ । कात्तिक ११ गते ८७.२३ प्रतिशत कायम थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *