जुम्लामा नेकपा एसको सिंगो कमिटी नै एमालेमा समाहित, एक्लिए उम्मेदवार रोकाय – Nepal Press

जुम्लामा नेकपा एसको सिंगो कमिटी नै एमालेमा समाहित, एक्लिए उम्मेदवार रोकाय

सुर्खेत । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित भएको छ ।

जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटीका सबै एमाले प्रवेश गरेका हुन् ।

एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो कमिटी नै एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

न्यौपानेको एमाले प्रवेश गरेपछि एकीकृत समाजवादी जुम्लामा हंगामा मच्चिएको छ । उनको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने एमाले जुम्ला इन्चार्ज रतननाथ योगीको दाबी छ ।

जुम्लामा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट प्रदेशसभा १ मा पदमबहादुर रोकाय उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर