नेपालमा लगानी तथा प्रविधि भित्र्याउन कोरियालाई महासंघको आग्रह – Nepal Press

नेपालमा लगानी तथा प्रविधि भित्र्याउन कोरियालाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरियन प्रतिनीधिमण्डललाई नेपालमा लगानी भित्र्याउन आग्रह गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालसहित महासंघका पदाधिकारीहरू र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीचको औपचारिक भेटमा सो लगानी भित्र्याउन सहजीकरण गर्न महासंघले आग्रह गरेको हो ।

भेटवार्तामा नेपाल कोरियाबीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष ढकालले पकोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यवाहक अध्यक्ष ढकालले बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याई रहेको र सोही अनुसार बाह्य लगानीसंग सम्बन्धित महत्वपूर्ण ऐन कानूनहरु संशोधन समेत भइसकेको जानकारी गराए ।

प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुुनांउदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधै तयार रहेको बताए ।

महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागि भेटवार्तामा महासंघकातर्फबाट कोरियन उत्पादनमुलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *