काठमाडौं १ मा लोसपाको उम्मेदवारी निष्क्रिय, प्रकाशमान सिंहलाई समर्थन – Nepal Press

काठमाडौं १ मा लोसपाको उम्मेदवारी निष्क्रिय, प्रकाशमान सिंहलाई समर्थन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौं १ का उम्मेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन जनाएका छन् ।

सोही पार्टीका प्रदेशसभा १ का उम्मेदवार रणवीर सिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय गरेको जनाएका छन् ।

प्रदेशसभामा लोसपाले दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने भनेको छ ।

दुई जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेपनि सोही क्षेत्रको प्रदेशसभा २ मा करण श्रेष्ठको उम्मेदवारी कायमै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर