प्रधानमन्त्रीलाई ओलीको जवाफ- कठैबरा ! प्रचण्डको संगतले बन्दुकका भाषण गर्न थालेछन् (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई ओलीको जवाफ- कठैबरा ! प्रचण्डको संगतले बन्दुकका भाषण गर्न थालेछन् (भिडिओ)

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बन्दुक लिएर सीमामा जान प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको चुनौतीको जवाफ दिएका छन् । बन्दुक लिएर सीमा बचाउन जान प्रधानमन्त्री देउवाले केही दिनअघि केपी ओलीलाई चुनौती दिएका थिए ।

पोखरामा सोमबार आयोजित वृहत कार्यकर्ता भेलामा बोल्दै ओलीले बन्दुकले मात्र सबै समस्या समाधान नहुने भन्दै तर्क, तथ्यले नेपाली भूमि फिर्ता ल्याउने बताए ।

माओवादी अध्यक्ष प्रचण्डको संगतले बन्दुकको भाषण गर्दै हिँड्न थालेको भन्दै ओलीले कटाक्ष गरे ।

‘हाम्रो गुमेको फिर्ता ल्याउनुपर्छ भनेँ । भोलिपल्ट देउवाजीले जवाफ दिनुभयो- भाषण गर्दैमा फिर्ता आउँछ ? बन्दुक लैजानुस् भने,’ ओलीले भने, ‘म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौं । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैं, तर्क तथ्यले गर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर