‘लौरो अभियान’को प्रतिबद्धता- २५ वर्षमै राष्ट्रपति, बलात्कारीलाई नपुंसक बनाउने – Nepal Press

‘लौरो अभियान’को प्रतिबद्धता- २५ वर्षमै राष्ट्रपति, बलात्कारीलाई नपुंसक बनाउने

उत्पादनमा आत्मनिर्भर, प्रदेशमा १०८ सांसद प्रत्यक्ष निर्वाचित

काठमाडौं । आगामी निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ लाई ‘लौरो’ अभियानले आफ्नो प्रतिबद्धता पत्र ल्याएको हो।

अभियानले अबको विकास दीर्घकालीन निकाशसहित दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता गरेको छ।

सात वटै प्रदेशमा ७ चक्र निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सरह र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरेका छन्।

नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गरी विश्वबजारमा उत्कृष्ट पहिचान बनाउने घोषणा गरेका छन्।

कैलाश पर्वतदेखि स्वर्गद्धारीसम्म जाने बाटो, स्वार्गद्धारीदेखि सगरमाथासम्म स्वर्गको बाटे र सगरमाथादेखि कञ्चनगंगासम्म स्वर्गपछिको बाटोमा केबलकार घोडा र पदमार्ग बनाउने उद्घोष गरेका छन्।

प्रदेश सरकार र प्रदेश संसद् १०८ जना प्रत्यक्ष निर्वाचनबाट व्यवस्था गर्ने, राष्ट्रपतिका लागि ४५ वर्ष हुनुपर्ने नियम २५ वर्ष झार्ने उल्लेख गरेका छन्।

यस्तै, भ्रष्टाचारीलाई सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको व्यवस्था गर्ने, बलात्कारीलाई केमिकल क्यारेस्टे्रन गरी नपुंसक बनाउने कानून ल्याउने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर