राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्वाचित – Nepal Press

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्वाचित

काठमाडौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के। बी। उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासको संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् ।

बैंककमा सम्पन्न साधारण सभाले तेस्रो कार्यकालको लागि उप्रेतीलाई निर्वाचित गरेको हो । राष्ट्रिय सहकारी बैंकका तर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्व गर्दै आएका छन् । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित छन् ।
बंसल सहित १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल स्पेशल इन्भाइटमा निर्वाचित भएकी छन् ।

सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।
बैंककमा सचिवालय रहेको नेडाक, ९ एसियन राष्ट्रका १६ संस्थाको संजालबाट शुरु भएको थियो ।

हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् । नेडाकको नयाँ कार्यसमितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *