आफैंलाई भोट हाल्न नपाउने सिन्धुपाल्चोकका यी उम्मेदवार – Nepal Press

आफैंलाई भोट हाल्न नपाउने सिन्धुपाल्चोकका यी उम्मेदवार

सिन्धुपाल्चोक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलका तीन उम्मेदवारले आफैलाई मतदान गर्न पाउने छैनन् । आफ्नो मतदाता भएको क्षेत्र छाडेर अन्य क्षेत्रमा गएर उम्मेदवार भएपछि ती उमेदवारहरुले आफैलाई मतदान गर्न नपाउने भएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा–२ का गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेतले यो निर्वाचनमा आफैलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामवली सिन्धुपाल्चोक–१ को बाह्रविसे नगरपालिका–४ मा रहेको छ ।

२०४८ सालदेखि नै क्षेत्र नम्बर १ बाट उम्मेदवार हुदै आएका बस्नेतले १ नम्बर क्षेत्र माओवादीको भागमा परेपछि उनी क्षेत्र नम्बर २ मा उम्मेदवार भएका छन् । उनको प्रतिष्पर्धा एमालेका शेरबहादुर तामाङसँग हुँदैछ । तामाङ मेलम्ची नगरपालिकाका हुन् ।

त्यस्तै गठबन्धनबाट सिन्धुपाल्चोक–१ प्रदेश सभा ‘ख’ मा उम्मेदवार भएका माओवादी उम्मेदवार सरल सहयात्रीले पनि आफैलाई मतदान गर्न पाउदैनन् । उनको प्रदेश सभा ‘क’ स्थित बाह्रविसे नगरपालिकाको वडा नम्बर–८ मा मतदाता नामवली रहेको छ ।

उनको मुख्य प्रतिष्पर्धा नेकपा एमालेका उम्मेदवार होमनारयण श्रेष्ठसँग हुँदैछ । श्रेष्ठको भने जुगल गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
नेकपा एमालेबाट सिन्धुपाल्चोक–२ प्रदेश सभा ‘क’ मा उम्मेदवार भएका अमान सिं तामाङले पनि यो निर्वाचनमा आफैलाई मतदान गर्न पाउँदैनन् ।

उनी सिन्धुपाल्चोक–१ प्रदेश सभा ‘ख’मा मतदाता नामवली रहेको छ । उनको प्रतिष्पर्धा माओवादी केन्द्रका युवराज दुलालसँग हुँदैछ । दुलालको भने आफ्नै निर्वाचन क्षेत्रमा मतदाता नामवली रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर