३१ औँ विमल गुरुङ राष्ट्रिय कविता प्रतियोगितामा तेह्रथुमकी सीता तुम्खेवा प्रथम – Nepal Press

३१ औँ विमल गुरुङ राष्ट्रिय कविता प्रतियोगितामा तेह्रथुमकी सीता तुम्खेवा प्रथम

धरान । धरानको विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३१ औँ राष्ट्रिय कविता महोत्सव २०७९ मा तेह्रथुमकी सीता तुम्खेवा प्रथम भएकी छिन् ।

तुम्खेवाको ‘रातो रुमाल’ शीर्षक कविता प्रथम भएको छ। तुम्खेवाले २१ हजार नगद र प्रमाणपत्र पाएकी छिन् ।

यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाएकाहरूमा क्रमशः मोरङका गगन योगपाङ्देन, काठमाडौक राधिका कल्पित र रोल्पाका युग सर्वनाम भएका छन् ।

उनीहरूले क्रमशः १८ हजार, १७ हजार र १० हजार नगद र प्रमाणपत्र पाएका छन् ।

६७ वटा कविता आवेदन भएकोमा १० कविहरू अन्तिम प्रतिस्पर्धामा सिफारिस भएका थिए।

अन्तिम सिफारिस हुने फाइनलिस्ट कविहरूले धरानऔ१८ बुद्ध चौकमा रहेको विमल स्मृति पुस्तकालयको सभाहलमा कविता वाचन गरेका थिए।

धरानका कवि विमल गुरुङको ५१ औँ जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *