प्रचण्डलाई ओलीको कटाक्ष: एमालेले विचौलियासँग मोलतोल गर्दैन, एक्लै बहुमत ल्याउँछ (भिडिओ) – Nepal Press

प्रचण्डलाई ओलीको कटाक्ष: एमालेले विचौलियासँग मोलतोल गर्दैन, एक्लै बहुमत ल्याउँछ (भिडिओ)

'गठबन्धन दलको घोषणापत्र शब्दहरुको थुप्रो हो, लक्ष्य छैन'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले एक्लै बहुमतको सरकार बनाउन सक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्दै उनले एमालेबाहेक कोहीले देशको विकास गर्न नसक्ने बताए।

उनले भने, एमाले एकतिर अर्कोतिर सय भाइ कैरभ छन्। यी सय भाइ कैरभ चार गरेको कुरुक्षेत्रमा जान्छन्। हामीले एउटा सवल भिजनमा स्पष्ट भएको सरकार आवश्यक छ।

उनले एमालेले अगाडि सारेको भिजन र मिसनलाई तलमाथि नपर्नेगरी सरकारमा सामेल गर्नुपर्ने बताए। उनले गठबन्धन दलका कुनै नीति नै नभएकोे टिप्पणी गरे।

उनले प्रचण्डलाई लक्षित गर्दै भने, अस्ति एउटा नेताले भन्नेको तपाईहरुले सुन्नुभएकै होला। हामी तेस्रो शक्ति हुन्छौँ। तर, हाम्रो महत्वपूर्ण भूमिका हुन्छ रे भनेको के तपाईहरुले बुझ्नुभएको होला। हामी विचौलिया हुन्छौँ। जता लाग्यो त्यता सरकार बन्नेखालेको हुन्छ। यतापनि मोलतोल उतापनि मोलतोल गछौँ। तर, हामी मोलतोलको सरकारको पक्षमा छैनौँ।

उनले गठबन्धन दलले घोषणापत्र निकाल्न बाध्य भएकाले निकालेको मात्रै बताउँदै केही पनि नभएको जिकिर गरे। ओलीले भने, घोषणापत्र शब्दहरुको थुप्रो मात्रै हो। जनता अलमल्याउने खेल मात्रै हो। त्यसलाई हामीले पराजित गर्नुपर्छ। यो सामान्य निर्वाचन होइन। सवल राष्ट्रिय शक्ति कि स्वार्थहरुको गठजोड भन्नेमा फैसला हुनुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर