संसद भवनअगाडि निषेधित क्षेत्रमा छिरेपछि नेकपा एसको प्रचार गाडीबाट प्रहरीले निकाल्यो झण्डा र ब्यानर (भिडिओ) – Nepal Press

संसद भवनअगाडि निषेधित क्षेत्रमा छिरेपछि नेकपा एसको प्रचार गाडीबाट प्रहरीले निकाल्यो झण्डा र ब्यानर (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दोलखाको समानुपातिक उम्मेदवारहरुको प्रचारमा हिडेको गाडीबाट प्रहरीले ब्यानर र झण्डा निकालेको छ ।

नेकपा एसबाट समानुपातिक उम्मेदवारको व्यानर र झण्डा राखेर संसद भवनअगाडि निषेधित क्षेत्रमा छिरेपछि प्रचार गाडीबाट प्रहरीले झण्डा र ब्यानर निकालेको हो ।

आज बिहान संसद भवन अगाडि पानी ट्याङकी नजिकै उक्त प्रचार गाडीमा राखिएको प्रचार सामाग्री म्यादी प्रहरीको सहायतामा हटाएको ट्राफिक प्रहरीले बताएको छ । निषेधित क्षेत्रमा चुनाव प्रचारप्रसार गर्न नपाइने भएकाले उक्त सामान हटाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर