विप्लव समूहको अपिल: पाँच वर्ष लुट्न सहमति नदिऔँ, व्यवस्था परिवर्तनमा लागौँ – Nepal Press

विप्लव समूहको अपिल: पाँच वर्ष लुट्न सहमति नदिऔँ, व्यवस्था परिवर्तनमा लागौँ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लप समूहको नेकपाले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छ। शनिबार एक अपिल जारी गर्दै व्यवस्था नफेरेसम्म अवस्था फेर्नुको कुनै अर्थ नभएको भन्दै निर्वाचन बहिष्कार गर्न आह्वान गरेको हो।

जनतामा जबजस्ती दलाल पूजीवादी र संसदीय व्यवस्था लादेको आरोप लगाएको छ। अहिलेको व्यवस्थाले जतातजै भ्रष्टाचार, अनियमिता र तस्करी बढाएको अपिलमा उल्लेख गरेको छ।

आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति पालना नगरेकोप्रति आपत्ति जनाएको छ। यस्तै, अमेरिकी सहयोग परियोजना एमसिसी अनुदोन गरेर नेपाललाई नवउपनिवेशमा पुर्याएको आरोप लगाएको छ। आगामी निर्वाचनमा जो जसलाई भोट हालेपनि पाँच बर्ष कसरलाई लुट्न दिने भन्ने सहमति दिनुमात्रै भएको उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर