प्रचण्डलाई अब्दुसकाे जवाफ- गाडीबाट झरेर, माला खाेलेर साेध्नुस् प्रतिस्पर्धी जनताले चिनाउँछन् – Nepal Press

प्रचण्डलाई अब्दुसकाे जवाफ- गाडीबाट झरेर, माला खाेलेर साेध्नुस् प्रतिस्पर्धी जनताले चिनाउँछन्

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी अभियान अन्तर्गत शुक्रबार गोरखा आएर आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखेको बताएका थिए । आफ्नो जित सुनिश्चित भएको बताउँदै अहिले गोरखा-२ मा कुनै प्रतिस्पर्धी नै नदेखेको उनको तर्क थियो ।

अहिले गोरखा-२ मा प्रचण्डविरुद्ध चुनावी मैदानमा रहेका नेकपा एमालेका अब्दुस मियाँले भने त्यसको जवाफ फर्काएका छन् । चुनावी अभियानका लागि शनिबार गोरखाको बारपाक पुगेका मियाँले चुनावको मतगणनापछि प्रचण्डले प्रतिस्पर्धी चिन्ने बताए ।

‘गाउँका जो(कसैलाई सोध्नुहोला प्रतिस्पर्धी को रु भनेर । सबैले भनिदिनुहुन्छ र जिताएर अब्दुस तपाईंको प्रतिस्पर्धीहरू हो भन्ने देखाउनुहुन्छ । गाडीबाट झरेर प्रतिस्पर्धी सोध्नुस्, मेरो चुनौती छ,’ मियाँले भने ।

प्रचण्ड गाडीमा आफ्ना मान्छेले घेरिएर हिँडेको र जनतासँग नभेटेकाले प्रतिस्पर्धी नचिनेको मियाँको तर्क छ । ‘दुई दिन ५०/६० व्यक्तिबाट घेरिएर कालो सिसाभित्र हिँडेपछि प्रतिस्पर्धी चिनिंदैन, गोरखाका समस्या देखिंदैन । स्वाभाविक हो, उनले भने ।

प्रतिक्रिया

One thought on “प्रचण्डलाई अब्दुसकाे जवाफ- गाडीबाट झरेर, माला खाेलेर साेध्नुस् प्रतिस्पर्धी जनताले चिनाउँछन्

  1. अब्दुस भाइ be careful. फेरि पनि काठमाडौँ, चितवन र सिराहमा झैँ मतपेटिका साटिन सक्छ, भरतपुरमा झैँ मतपत्र चपाइन र च्यातिन सक्छ। बाबुरामले पनि खसेको मतभन्दा २५०० बढी मत ल्याएर विजयी भएको हो । निकटता फाइदा लिन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर