डा शर्माको आश्वासन : निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा र भौतिक विकासमा हुनेछ – Nepal Press

डा शर्माको आश्वासन : निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा र भौतिक विकासमा हुनेछ

काठमाडौं । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि मेरङ क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. सुनिल शर्माले निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा गर्ने र त्यस क्षेत्रको भौतिक विकासमा हुने बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ को आइतबारेमा भएको कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले भोट माग्न आउँदा जनताले देखाएको अपार माया र आफूमाथि गरेको विश्वास आफ्ना लागि सवैभन्दा ठुलो सम्पति भएको बताए । जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन शर्माले भने, ‘स्वास्थ्य, शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’

आम नागरिकका लागि स्वास्थ्यमा पहुँच बढाउन स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने शर्माको भनाई थियो । आफू यस अघिका सांसद जस्तो चुनाव जितेपछि कतै नहराउने र जनताको जुनसुकै सुख दुःखमा सँगै रहेको वाचा पनि शर्माले गरे । कार्यक्रममा शर्माले मोरङमा गठबन्धन आवद्ध पार्टीहरुको एकताको पनि तारिफ गरे । देशभर हामीले संविधान र लोकतन्त्रका पक्षधर पार्टीहरुले प्रतिगमनका विरुद्ध गठबन्धन गरेका छौं शर्माले भने, ‘तर मोरङमा सवैभन्दा बलियो गरि गठबन्धन भएको छ ।’ प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार नहुँदा पनि माओवादीका नेता तथा कार्यकर्ताहरु यो क्षेत्रको विकास र लोकतन्त्रका लागि गठबन्धनलाई जिताउन आफूभन्दा बढी खटेर लागेको शर्माको भनाई थियो ।

टोल टोलबाट खबर आइरहेको छ शर्माले भने, ‘गठबन्धन आवद्ध दलहरु एक भएर चुनावका लागि रात दिन नभनि लागि रहेका छन ।’ गठबन्धनका शीर्ष नेता, उम्मेदवारदेखि गाउँ कमिटिसम्मको यो सक्रियताले मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनको जित सुनिश्चित भएको शर्माको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर