पार्टी एकतापछि प्रचण्डले उधुम मच्चाए, घरभित्रकै दाजुभाइ लिएर हिँडे : ओली – Nepal Press

पार्टी एकतापछि प्रचण्डले उधुम मच्चाए, घरभित्रकै दाजुभाइ लिएर हिँडे : ओली

‘देश लुट्नेबोहक गठबन्धनको कुनै उद्देश्य र गन्तव्य छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालमा हामीले एक्लै बहुमत नल्याएको कारणले अहिलको परिस्थिति बनेको बताएका छन् ।

कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेपछि उधुम मच्चाएको टिप्पणी गरे ।

उनले भने, ‘एकल बहुमतका लागि १३८ सीट चाहिन्थ्यो। एमालेले १२१ मात्रै ल्यायो । मैले प्रचण्डजस्ता पिँध नभएका यता लड्छ कि उता लड्छ ठेगान नै नभएका व्यक्तिलाई ल्याएर सरकार बनाएँ । पार्टी एकता गर्‍यौं । तर, उनले त घर र छानो भत्काएर, उखेलेर, च्यातेर उधुम गरे । पार्टी भत्काएर हिँडे । त्यतिमात्रै नभएर पार्टीभित्रै रहेका दाजुभाइ (माधव नेपाल र झलनाथ खनालसहित) लाई पनि लिएर हिँडे ।’

यसपल्ट एमाले एक्लैले देश र जनताको लागि बहुमत ल्याउन आवश्यक भएको बताए । कुनै भिजन नभएका केही नेता मिलेर राज्यको ढुकुटी रित्याएको आरोप लगाए ।

गठबन्धनका नेताहरुको कुनै गतव्य नै नभएको उनले जिकिर गरे । गठबन्धनको अर्थ देश लुट्नेबाहेक केही नभएको ओलीको दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर