ओली दार्चुला पुग्दा जे देखियो (तस्बिरहरू) – Nepal Press

ओली दार्चुला पुग्दा जे देखियो (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट देशव्यापी चुनावी अभियान सुरू गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको सुरूवात गरे ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ आफ्नो सरकारको पालामा नक्सामा समेटिएको क्षेत्रबाट देशव्यापी अभियान थालेको हो ।

ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।

दार्चुला सदरमुकाम खलंगामा आयोजित चुनावी सभामा ओलीले एक इन्च पनि नेपाली भूमि नछाड्ने भन्दै भारतको अतिक्रमणको खुलेर विरोध गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलाकै मन्त्री दिलेन्द्र प्रसाद बडूले कालापानी नदेखेको टिप्पणी गरे ।

आमसभामा ग्रामीण भेटबाट नेता-कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर