पाँच वर्षपछि ‘नम्बरी सुन’ मा खेल्दै आमेश, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले कमब्याक गर्ने – Nepal Press

पाँच वर्षपछि ‘नम्बरी सुन’ मा खेल्दै आमेश, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले कमब्याक गर्ने

काठमाडौं । चलचित्रबाट लामो समय टाढा रहेका अभिनेता आमेश भण्डारीले अन्ततः नयाँ चलचित्रमा देखिने भएका छन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानर र राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘नम्बरी सुन’ मा आमेश मुख्य अभिनेताको रुपमा अनुबन्ध भएका हुन् ।

सन् २०१७ मा गरेको चलचित्र ‘मेला’ पछि उनले अरु कुनै चलचित्र गरेका थिएनन् । ‘मेला’ गरेको झण्डै पाँच वर्षपछि उनले ‘नम्बरी सुन’ गर्ने भएका हुन् । ‘नम्बरी सुन’ बाट नै द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले पनि कमब्याक गर्ने भएका छन् ।

बिहीबार निर्माता र आमेशबीच कागजी सम्झौता भएको हो । चलचित्रका अन्य कलाकारहरु भने छनोट भइसकेका छैनन् । मङ्सिर ७ गतेबाट चलचित्रको छायाँकन सुरु हुनेछ । चलचित्रलाई नारायण खातीले निर्माण गर्दैछन् ।

कलाकारिताको यात्रामा आमेशले जम्मा तीन वटामात्रै चलचित्र गरेका छन् । ‘मेला’ गरिसकेपछि उनी सिने क्षेत्रमा निष्क्रिय नै थिए । बीचमा अभिनेत्री नीता ढुङ्गानाको विवाहको खबर सार्वजनिक भएपछि उनको चर्चा एकाएक बढेका थियो । उक्त चर्चापछि आमेश काममा सक्रिय देखिएका छन् । म्युजिक भिडियो गरिरहेका आमेशले अब भने चलचित्र पनि गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *