यस्ता छन् पृथ्वीसुब्बा गुरुङका चुनावी प्रतिवद्धता (पूर्णपाठ) – Nepal Press

यस्ता छन् पृथ्वीसुब्बा गुरुङका चुनावी प्रतिवद्धता (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । लमजुङमा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको गुरुङ एवम् प्रदेशसभा सदस्यका उम्मेदवारहरु कृष्णप्रसाद अधिकारी र जमन्द्रिमान घलेले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहेका गुरुङले आफ्नो कार्यकालमा गरेका सुधारका कार्यहरुसमेत उल्लेख गर्दै घोषणा पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्रमा विकासका पूर्वाधार विकास मुख्यरूपमा उल्लेख गरिएको छ । सडकमा सन्दर्भमा मध्यपहाडी लोकमार्ग समयमै सम्पन्न गर्न पहल गर्नेदेखि जिल्लाभरीका संघ, प्रदेश र स्थानीय सरका मातहतका सडकहरुलाई स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन सञ्चालनको व्यवस्था गरिने प्रतिवद्धता प्रस्तुत गरिएको छ ।

त्यस्तै, सबै पालिकामा उद्योगग्राम स्थापना गर्न पूर्वाधार विकास गर्ने, जिल्लामा नयाँ पदमार्गहरुको खोजी, निर्माण एवम स्थापित पदमार्गहरुको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिने घोषणा पत्रमा भनिएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि जिल्ला अस्पतालको सुदृढिकरणदेखि प्रत्येक वडामा स्वास्थ्य चौकीहरुको स्थापना गर्ने र गाउँ गाउँमा स्वास्थ्य क्लिनिकहरुको व्यवस्था मिलाउने प्रतिवद्धता पत्रमा जनाइएको छ ।

त्यसैगरी, शिक्षा क्षेत्रमा जिल्लामा एउटा नमुना प्राविधिक स्कुल सञ्चालन गर्नेदेखि एउटा साइन्स कलेजको सञ्चालन गरिने भनिएको छ ।

यस्तो छ प्रतिवद्धता पत्रको पूर्णपाठः

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर