दिलेन्द्रलाई ओलीको प्रश्न : कालापानीको क उच्चारण गर्नुभयो ? – Nepal Press

दिलेन्द्रलाई ओलीको प्रश्न : कालापानीको क उच्चारण गर्नुभयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता दिलेन्द्र बडूलाई अब काठमाडौंमै बस्न आग्रह गरेका छन् । दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै जिल्लाबासीको समस्या नबुझ्ने भएपछि अब दार्चुला नफर्किए पनि हुने बताए ।

ओलीले भने, ‘यहाँ दिलेन्द्र बडूजी उम्मेदवार हुनुहुन्छ कि क्या हो यहाँ । अब यो सभा देखेपछि उहाँले काठमाडौंमै बसे हुन्छ । अब यता दुःख नगरे हुन्छ । दिलेन्द्रजी तपाई मन्त्री भएर गर्नु के भयो ? कालापानीको क भन्ने आँट गर्नुभयो उहाँले ? काठमाडौँ हुँदा दार्चुला सम्झिनुभयो उहाँले ? भोट चाहिएको बेला बोहक उहाँले दार्चुला सम्झिनुहुन्न ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर