दार्चुलामा ओलीले भने : नदी वर सर्दैमा सीमा सर्दैन, भारतले झमेला निकाल्यो – Nepal Press

दार्चुलामा ओलीले भने : नदी वर सर्दैमा सीमा सर्दैन, भारतले झमेला निकाल्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिंकर भञ्याङको बाटो निर्माणमा भारतले बेकारको झमेला निकालेको टिप्पणी गरेका छन् । दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उनले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गरे ।

‘चीनसम्म जाने ७०/७५ किलोमिटर चट्टान हामीले फोड्नुपर्ने छ तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ । हामी आफैं बनाउने थियौँ । तर, भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो’ ओलीले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु । नदी वरतिर सर्‍यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुनु हुँदैन । खोलो उता सर्यो कि सीमाना सारिहाल्ने । विशाल भारत छ तर, थोरै भएपनि सीमाना सार्छ । यो सुहाउँदैन ।’

भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको बताए । आफूले भारतका शीर्ष नेताहरुलाई भनिरहेको समेत बताए ।

भारत भ्रमणमा जाँदा भारत भ्रमणमा जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको बताए । दार्चुला र धार्चुलामा पक्की पुल बनाउने उद्घोष गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर