गोरखामा राप्रपाका प्रदेशसभा उम्मेदवार बस्नेत माओवादी प्रवेश – Nepal Press

गोरखामा राप्रपाका प्रदेशसभा उम्मेदवार बस्नेत माओवादी प्रवेश

काठमाडौं । गोर्खा २ को प्रदेशसभा १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुबोध बस्नेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

उनले नेपालको राजनीतिको सही निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिनसक्ने बताए ।

माओवादी प्रवेश गर्दै उनले भने, ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो । म आजैका दिनदेखि मेरो उम्मेदवारी निष्क्रिय बनाइ माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ।’

उनले गोरखा २ मा प्रतिनिधिसभा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्नेसमेत बताए ।

प्रतिक्रिया

One thought on “गोरखामा राप्रपाका प्रदेशसभा उम्मेदवार बस्नेत माओवादी प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर