जेरार्ड पिकेले खेलाडी जीवनबाट सन्यासको घोषणा – Nepal Press

जेरार्ड पिकेले खेलाडी जीवनबाट सन्यासको घोषणा

काठमाडौं । स्पेनका पूर्व डिफेन्डर तथा बार्सिलोनाका महत्वपुर्ण सदस्य जेरार्ड पिकेले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्।

पिकेका अनुसार ला लिगाअन्तर्गत शनिबार अल्मेरियाविरुद्ध हुने खेल उनको अन्तिम हुने छ। त्यो खेल बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुने छ।

पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट चार वर्षअघि नै सन्यास लिइसकेका थिए। स्पेनका लागि एक सय २ खेल खेलेका पिकेले सन् २०१० मा विश्वकप र २०१२ मा युरो कप जितेका थिए। सन् २००४ सम्म बार्सिलोनामा रहेका ३५ वर्षिय पिके त्यसपछि चार वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएर फेरी बार्सिलोना र्फिर्कएका थिए।

उनी १४ वर्षयता लगातार बार्सिलोनामा छन्। म्यान युनाइटेडमा रहँदा प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै जितेको पिकेले त्यसपछि बार्सिलोनाबाट ८ ला लिगा, ३ च्याम्पियन्स लिग र ७ कोपा डेल रेसहित ३० उपाधि जितेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर