पर्यटन मन्त्रालयलाई दुई दिनभित्र जवाफ पेस गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्राचार गरेको छ । निगमले मुख्य आम्दानीमा कैँची लगाउँदै हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ अनुमति दिएको जानकारी आएको प्राप्त गरेलगत्तै त्यसपछि आयोगको ध्यानाकर्षण भएकोले आयोगले मन्त्रालयसँग जवाफ माग गरेको हो ।
पठाएको पत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले समेत गर्ने गरी अनुमति प्रदान गर्न लागिएको हो, होइन ? यो पत्र प्राप्त भएको दुई दिनभित्र यथार्थ व्यहोरा खोली जवाफ पठाउनु ।’