डडेल्धुरामा देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारलाई एमालेको समर्थन – Nepal Press

डडेल्धुरामा देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारलाई एमालेको समर्थन

कैलाली । नेकपा एमालेले डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीलाई समर्थन गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको पूर्ण बैठकले स्वतन्त्र उम्मेदवार विक्रम बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

एमालेका पुराना नेता शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । यहाँ एमालेले कांग्रेस बीपीसँग तालमेल गर्ने भन्दै आधिकारिक उम्मेदवारी फिर्ता लिएपछि देउवाविरुद्ध एमालेको उम्मेदवारी खाली भएको थियो । तर, अन्तिम समयमा बीपी कांग्रेसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेपछि एमालेले उक्त समझदारी अन्त्य भएको जनाएको थियो । समन्वय कमिटीका अध्यक्ष प्रेम बहादुर बोहरा र सचिव शिवराज ताम्राकारद्वारा आज जारी गरिएको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका शाहीलाई नै समर्थन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । यस अघि जिल्ला कमिटीले पनि शाहीलाई समर्थन गर्ने निर्णय गरिसकेको थियो ।

यहाँ प्रदेश २ मा गजेन्द्र बहादुर शाही र १ मा पठानसिंह बोहरा एमालेकै उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर